काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई आज र भोलि दुई दिनसम्म भिटामिन ए खुवाइँदै छ ।
भिटामिन ए सँगै जुकाको औषधी पनि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका्े छ । मन्त्रालयका अनुसार यस पटक करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ए र २९ लाख भन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको तयारी छ।
