चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं ।चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताए । घटनामा परेका तीन जना सशस्त्र र तीन नगर प्रहरी गरि ६ जना घाइते हुनुभएको हो ।

घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको र उहाँहरुको अवश्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।