सर्लाही ।सर्लाहीसहित तराई क्षेत्रमा तातो हावा‘लू’ ले जनजीविका प्रभावित भएको छ।
सर्लाहीमा एक सातादेखि दिनभरि चर्को घाम र तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको ईश्वरपुर नगर अस्पतालले जनाएको छ।चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै खराब रहेकाले मजदुर र खेतबारीमा काम गर्नुपर्ने किसानलाई सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन्।
नगर अस्पताल ईश्वरपुरका अनुसार धुलोसहित तीव्र वेगमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम हुने बताएका छन्।तसर्थ उनिहरुले यस्तोमा सकेसम्म घरभित्रै बस्न,प्रशस्त पानी पिउन,जे पायो त्यही खानेकुरा नखान सुझाव दिएका छन्।
तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम रहेकाले चुह्लोमा खाना तथा कुँडो पकाएपछि राम्रोसँग आगो निभाउन,बालबालिकालाई आगो लाग्ने र बाल्ने कुरा नदिन,चुरोट तथा बिँडी पिएर जथाभावी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।
‘लू’ लागेमा के गर्ने
लूको प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।
यदि तपाईंलाई ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ ।
‘लू’ लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि घोल ९नुन,चिनी,कागती र पानी० समय–समयमा पिइरहनुपर्छ ।
‘लू’ लागेपछि स्पञ्जलाई पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ ।
‘लू’ लागेमा पाकेको तित्री ९इमली० को गुदीलाई हत्केला र खुट्टाको पैतालामा लगाउनाले ‘लू’को असर कम हुन्छ । इमली पानी पिउनाले ‘लू’बाट तुरुन्तै राहत प्राप्त हुन्छ ।दही र मौसमी फलफुल जस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।
पुदिनाको सर्बत पिउनाले पनि लूबाट राहत प्राप्त हुन्छ । लूका बिरामीलाई तरल पदार्थ नै पिउन दिनुपर्छ ।लू लागेमा प्याजलाई पकाएर त्यसमा जिरा, चिनी र गाईको घिउ मिसाएर बिरामीलाई खानदिनु पर्छ। यसो गर्दा बिरामीलाई धेरै आराम प्राप्त हुन्छ ।
‘लू’बाट बच्ने उपाय
–काँक्रोको सेवन गर्नुपर्छ । गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर पनि हुँदैन ।
–बेल, आँप, कागतीको सर्बतको सेवन गर्नुपर्छ । गर्मीमा बेल, आँप तथा कागतीको सर्बतले हाम्रो शरीरमा पानीको स्तरलाई कायम गरिराख्छ। जसले निकै हदसम्म लूबाट बचाउन पनि सहयोग पुर्याउँछ ।
–गर्मीको मौसममा कहिलेकाहीँ टाउको, खुट्टा तथा हातहरूमा मेहन्दी लगाउनाले पनि लूको असर कम हुन्छ ।
घाममा खाली पेट निस्कनुहुँदैन, कागतीको सर्बत भए पनि खाएर निस्कनुपर्छ ।
–सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।
–घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनु होला ।
के खाने, के नखाने
कागती पानी प्रचुरमात्रामा खानुपर्छ । नुन, चिनी तथा कागतीको रस ९भिटामिन(सी० लाई जीवन रक्षक तरल पदार्थ पनि भनिन्छ ।साँझको बेला तारिएका खानेकुराहरु तथा चिल्लो(पिरो खानेकुरा खानु हुँदैन । प्रायस् हल्का खाना खानुपर्छ। तर, धेरै व्रत बस्नु हुँदैन । मदिरापान नगर्नु नै उत्तम हुन्छ । भोजनमा प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खानुपर्छ ।
