तातो हावाले तराईको जनजीवन प्रभावित बन्दै
सर्लाही ।सर्लाहीसहित तराई क्षेत्रमा तातो हावा‘लू’ ले जनजीविका प्रभावित भएको छ।
सर्लाहीमा एक सातादेखि दिनभरि चर्को घाम र तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको ईश्वरपुर नगर अस्पतालले जनाएको छ।चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै खराब रहेकाले मजदुर र खेतबारीमा काम गर्नुपर्ने किसानलाई सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन्।
नगर अस्पताल ईश्वरपुरका अनुसार धुलोसहित तीव्र वेगमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम हुने बताएका छन्।तसर्थ उनिहरुले यस्तोमा सकेसम्म घरभित्रै बस्न,प्रशस्त पानी पिउन,जे पायो त्यही खानेकुरा नखान सुझाव दिएका छन्।
तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम रहेकाले चुह्लोमा खाना तथा कुँडो पकाएपछि राम्रोसँग आगो निभाउन,बालबालिकालाई आगो लाग्ने र बाल्ने कुरा नदिन,चुरोट तथा बिँडी पिएर जथाभावी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले ...
