घट्यो अन्डाको मूल्य

 काठमाडौं ।नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य घटाएको छ।संघको बुधबार बसेको भर्चुअल बैठकले बिहीबारदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य तोकको हो।

संघका अनुसार अब नयाँ मूल्य अनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ ।यस्तै ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ।

यसअघि मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ,ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको थियो।