सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त, पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

काठमाडौं सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पन्तलाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त,प्रा. डा.अक्कलदेव मिश्र र प्रा. डा.भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो ।

पन्त पुल्चोक इन्जिनियरिङ क्याम्पसको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख हुन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूलाई बिहिबार सिंहदरबारमा नियुक्तिपत्र प्रदान गरेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया,मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा. ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा।डा। हेमराज पन्तले हिजो नियुक्तिपत्र बुझेका हुन् ।