
काठमाडौं।संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन आज शनिबारदेखि शुरु हुँदैछ।बैठक अपरान्ह् चार बजेका लागि बोलाइएको छ।
सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारेको पत्र र राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने,बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची भएको जनाइएको छ।
त्यस्तै विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने,बाधा अड्काउ फुकाऊ आदेश पेस,कानुन निर्माण लगायतका विषयलाई प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जाने भनिएको छ।
विधेयक अधिवेशनका रुपमा रहने हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन्।अध्यादेशलाई सदनले स्वीकृत गरेपछि प्री बजेटसम्बन्धी विषयलाई सदनमा अघि बढाइने जनाइएको छ।
