
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा भोलि आइतबारदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युतीय वितरण लाइन भूमिगत गर्न विद्युत् कटौती गर्न लागिएको हो।
प्राधिकरणले कुशेश्वर वितरण केन्द्र,कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको छ।
वैशाख २३ देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ।
