जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

 काठमाडौं ।जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको एक दिने भ्रमणका लागि नेपाल आउँदैछिन्।परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी आइतबार नेपाल आउन लागेकी हुन्।

योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटसँगै परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार उनि आजै स्वदेश फर्किने कार्यतालिका छ।

योकोको यस भ्रमणले नेपाल र जापानबीचको सम्बन्धलाई मज्बुद्ध र प्रगाढ बनाउन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।भने नेपालस्थित जापानी दूतावासले यो भ्रमणले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको उल्लेख गरेको छ।