बागमती प्रदेशसभाको बैठक आज बस्दै

मकवानपुर ।बागमती प्रदेशसभाको बैठक आज बस्दै छ ।बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेका छन्।

प्रदेशसभाको आजको बैठकमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन,२०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको बताइएको छ ।

प्रदेशसभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो ।यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्न तायरी छ ।