संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाइने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरेका छन्।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गर्दै जीबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे।

कानूनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको भन्दै समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताए ।

उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफुलाई र आफुले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको जिकिर गरे।