
काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओडले धरौटीरकम तिरेपछि रिहा भएका छन् ।
बिहिवार कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिएका छन् ।
ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए।प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।
उनीविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ओड।
सुमधुर स्वरका धनी गायक ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।
