
काठमाडौं । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवी लामिछाने बारेको मुद्दा नछोड्ने भएको छ । सानेपामा आज बसेको केन्द्रीय कमिटीको बैठकले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्ने विषयमा छलफल गरेको हो ।
बैठकले गृहमन्त्रीको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको एक नेताले जानकारी दिए ।संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रुपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेस केन्द्रीय बैठकमा छलफल भएको उनले बताए ।
बैठकले सहकारी पीडितको बचत फिर्ता गर्न माग गर्ने निर्णयसमेत गरेको छ ।
