नेपालमा दुई नयाँ भेरियन्टका कोरोना पुष्टि

काठमाडौं । नेपालमा नयाँ भेरियन्टका दुई खाले कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

हाल सो भाइरस सिंगापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखा परेको छ ।