प्रतिनिधि सभाको अर्काे बैठक जेठ १३ गते

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको छ । बैठकमा अवरोध सिर्जना भएपछि सभामुख देवराज घिमिरेले स्थगित गर्दै अर्काे बैठक यही जेठ १३ गतेका लागि तोकेका छन् ।

प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने जानकारी सभालाई गराए ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दफावार छलफल कार्यक्रम रहेको थियो । यसका लागि दलगत प्रतिनिधित्व गर्दै बोल्नका लागि नाम टिपाउन सभामुख घिमिरेले यसअघि नै अनुरोध गरेका थिए ।