
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य सबै खालका उडान बन्द गरिएको छ ।
विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
उनका अनुसार एक घण्टाका लागि विमानस्थल एक घण्टाका लागि बन्द गरिएको हो । विमानस्थलमा सानो खाल्डो परेको उनले बताए ।
