
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताको टोली धनुषा आइपुगेका छन् ।
नागरिकता किर्ते अभियोगमा पक्राउ परेका सिरोहियाको थप अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज प्रहरीले पुनः म्याद थप्न सिरोहियालाई अदालत ल्याएपछि उनको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताहरू धनुषा आएका हुन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सिताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्ण सिरोहियाको पक्षमा वकालत गर्दैछन् ।
