राप्रपा केन्दीय कार्यसमितिको बैठक १२ : १५ देखि सुरू

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक १२ : १५ देखि सुरू भएको छ।

बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा मध्याह्न १२ः१५ बजेदेखि बैठक भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

बैठकमा महामन्त्री धवलशमशेर राणाले सांगठानिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरूङले सचिवालयसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको बताइएको छ ।

केन्द्रीय समिति बैठक जेठ १३ गतेसम्म चल्नेछ। उल्लिखित प्रतिवेदनहरूमाथि केन्द्रीय समितिमा छलफल हुनेछ ।