काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूबीच बैठक सुरु भएको हो । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकको रणनीति बनाउन विपक्ष दलको बैठक बसिहरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
