सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ । नेपाली स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक हजार आठ सयले घटेको हो ।

आज छापावाल सुन एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । बिहीबार पनि सुनको मूल्यमा एक हजार आठ सयले नै गिरावट आएको थियो । बिहीबार छापावाल सुन एक लाख ३८ हजार आठ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।