काठमाडौं । मौसम परिवर्तसँगै पानी पर्न थालेपछि अहिले देशभर डेंगुको संक्रमण बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशका ५७ वटा जिल्लामा डेंगु देखिएको छ ।
मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए । हाल देशभर ९०४ जनामा डेंगु देखिएको छ ।
“पानी पर्न थालेपछि डेंगी रोगको संक्रमण पनि बढ्छ,” उनी भन्छन्, “त्यसैले संक्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।”
गत वर्षको तथ्यांकअनुसार ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगी रोगको संक्रमण देखिएको थियो ।
