
काठमाडौं । चुरे क्षेत्र संरक्षणको आन्दोलनमा वातावरण विज्ञानका विद्यार्थीहरुले ऐक्यवद्धता जनाएका छन् । चुरे क्षेत्रको संरक्षणको माग राख्दै पीडितहरु अहिले १२ बुँदे मागसहित माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
आन्दोलनमा विभिन्न जिल्लाका २३ जना पीडितहरु सहभागी छन् । चुरे दोहन, अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै गएपछि मधेशमा विकराल समस्या देखिन थालेको भन्दै त्यहाँका स्थानीहरुले आन्दोलन सुरु गरेका हुन् । आफूहरु पनि वातावरण विज्ञानको विद्यार्थी भएको र धर्ना बसेकाहरुको माग पनि जायज भएकाले ऐक्यवद्धता जनाउन आएको विद्यार्थी शंकर रोकाया बताउँछन् ।
सप्तरी, धनुषा, जनपुर, वीरगञ्जलगायत जिल्लाका पीडितहरु २५ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए ।
