ब्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

पोखरा । ब्यास नगरपालिकामा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत मेयर पदको मतगणना पुनः हुँदैछ।उच्च अदालत पोखराले दिएको आदेशअनुरुप असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना हुने भएको हो।

अदालतले जेठ २ गते स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको पक्षमा अदालतले आदेश दिएको थियो।नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका जोशी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए।

उनी कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुुन् । उनलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए।

निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए।