काँग्रेसद्वारा कोशी प्रदेश सभा बैठक स्थगित गर्न सभामुखलाई पत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोशी प्रदेशसभा स्थगित गर्न सभामुख अम्बरबहादुर विष्टलाई प्रदेश सभाको बैठक स्थगित गर्न माग गर्दै पत्र लेखेको छ । सर्वाेच्च अदालतमा प्रदेश प्रमुख हिक्मत कार्कीविरुद्ध परेको रिटको सुनुवाई भइनसकेको भन्दै प्रदेश सभा बैठक स्थगित गर्न काँग्रेले माग गरेको हो ।

मुद्दा टुंगो नलागेसम्म बैठक सञ्चालन गर्न नदिने काँग्रेसको अडान छ । सभामुखका अनुसार बैठक नरोकिए कांग्रेस अनुपस्थित हुने जानकारी सहितको पत्र काँग्रेसले पेश गरेको छ ।

कोशी प्रदेश सभाको बर्खे अधिवेशन वैशाख ३१ मा सुरू भएको थियो । अधिवेशनको पहिलो दिन नै मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिएका थिए।

अदालतमा सरकारबारे विवाद कायमै रहेको बेला मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिएको भन्दै कां‌ग्रेस पहिलो बैठकमा अनुपस्थित भएको थियो ।