काँग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने

काठमाडौं । केही बेरमा सुरु हुन लागेको प्रतिनिधि सभाको बैठकलाई आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गर्ने भएको छ ।

दलहरुबीच सहमति जुट्न नसकेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो सुरु हुुने हुन लागेको हो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गर्ने भएको छ । संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्रीको नाम प्रस्ट लेख्नुपर्ने अडान जारी राखेको छ ।