२.८ प्रतिशतले बढ्यो देशको लगानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०,०८१ को सरकारको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको छ ।

आज अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै सो तथ्यांक पेश गरेका हुन् । सर्वेक्षण अनुसार कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशत रहेको छ ।

प्रतिव्यक्ति आय पनि बढेको सर्वेक्षणले देखिएको छ । देशको प्रतिव्यक्ति आय बढेर एक हजार ४५६ डलर पुगेको छ । यसैगरी, मुलुकको मुद्रास्फीति ६.०८ प्रतिशत कायम भएको छ ।