देशभरका २६ वटा संस्थान नाफामा

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा अस्तित्वमा रहेका २६ वटा संस्थानहरु नाफामा गएका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार १५ वटा संस्थानहरु भने घाटामा गएका छन् ।

सार्वजनिक संस्थानहरूको खुद नाफा ३०४६.२० प्रतिशतले बढेर ४८ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब घाटामा रहेको नेपाल आयल निगम ११ अर्बले नाफामा गएपछि संस्थानहरूको कुल नाफा बढेको हो।

नाफामा देखिएका २६ संस्थानको कुल नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ९८१ प्रतिशतले बढेको छ।

संस्थानहरूको आम्दानी ६ खर्ब ६१ अर्ब ०१ करोड रूपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १४।८७ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ खर्ब ७५ अर्ब ४३ करोड थियो।