भारतले लगायो मानव दुध बिक्रीमा प्रतिबन्ध

काठमाडौं । भारत सरकारले मानव दुध बिक्रीमा प्रतिबन्ध लगाएको छ । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले मानव दुधको प्रोसेसिङ र विक्रीको अनुमति दिन अस्वीकार गरेको हो ।

मानव दुध र यसको उत्पादनको व्यवसायीकरणसम्बन्धी सबै गतिविधि रोकिने एफएसएआईले बताइएको छ । मे २४ मा विभागले मानव दुध र यसको उत्पादनको ‘अनधिकृत व्यवसायीकरणमाथि सुझाव’ भन्दै एउटा एड्भाइजरी नै जारी गरेको थियो ।

एड्भाइजरीमा भनिएको छ, ‘एफएसएसएआइ ऐन, २००६ र यसअन्तर्गत बनाएका नियम र विनियमअनुसार मानव दुधको प्रशोधन ररवा बिक्रीको अनुमति दिइएको छैन ।’

मानव दुध र यसका उत्पादनहरूको व्यापारीकरणसँग सम्बन्धित सबै गतिविधिहरुलाई तुरुन्तै बन्द गर्न सल्लाह दिइएको र यसको उल्लंघन गरेमा कारबाही गरिने एड्भाइजरीमा उल्लेख छ ।