काठमाडौं । नेपालले टी–२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडाको सामना गर्दैछ । अमेरिकाको डलासमा आज राति सवा ९ बजे खेल सुरु हुँदैछ ।
यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी–२० अभ्यास खेल खेलेको थियो ।
नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने क्यानडासँगको वार्मअप खेलमा सहभागी हुन नपाउने भएका छन् । विनवार्ड्सविरुद्धको तेस्रो अभ्यास खेलअघि उनको खुट्टा मर्केको थियो ।
उनले ह्युस्टन हरिकेन्ससँगका दुई खेल पनि गुमाएका थिए । तर, दीपेन्द्रले मैदानमा आउँदै टोलीसँग अभ्यास भने गर्दै आएका छन् ।
