काठमाडौं । नेपालमा एक हजार ५ सय भन्दा बढीमा एचआईभी एड्स संक्रमण पुष्टि भएको छ। आइतबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षणअनुसार एक लाख ९७ हजार १६७ जनामा गरिएको परीक्षणमा एक हजार ५३६ जनामा एचआईभी पोजेटिभ देखिएको हो ।
यो चालु आर्थिक वर्षको फागुनसम्मको आकडा हो ।
सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमितलाई एन्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ।
गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रममा आवद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो।
