वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द

वीरगञ्ज । वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द भएको छ । वीरगञ्ज महानगरपालिकाको शिक्षा समितिको आजको बैठकले अत्यधिक गर्मी बढेसँगै वीरगञ्जमा सञ्चालित विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।

भोलि (मंगलबार) भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताए ।

पर्सा । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएपछि जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।

“वीरगञ्ज महानगर शिक्षा समितिको आज बसेको बैठकले अत्यधिक गर्मीको कारणले विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ,” उनले भने, “तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्नरगराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ ।”

भोलि ९मंगलबार० भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताए ।

महानगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम ९अत्यधिक गर्मी० का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । गत वैशाख २० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रमा बिहानीको समयमा पठनपाठन हुँदै आएको थियो ।

महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ १३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।