
काठमाडौं । किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पाँच दिनको म्याद थप्न प्रहरीले अदालतसँग माग गरेको छ ।
जेठ ८ गते पक्राउ परेका सिरोहियालाई दुई पटक तीन–तीन दिन म्याद थपिएकोमा आज म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषासँग पाँच दिन म्याद थप्न अनुमति मागेको हो ।
प्रहरीले सरकारी वकिल कार्यालय मार्फत सिरोहियालाई म्याद थपका लागी अदालतमा उपस्थित गराउँदै छ ।
