
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बिहान १० बजे बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसिने काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सरकारले आज नयाँ बजेट ल्याउने तयारी गरिरहेका काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
पछिल्लो समय काँग्रेसले सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
