काठमाडौं।सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति बनेको छ। समितिमा एमाले रकांग्रेसबाट २÷२ जना र अन्य दलबाट १ ÷१ जना रहने जनाइएको छ।
संसद सचिवालयले जनाए अनुसार कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र इश्वरी न्यौपाने,एमालेबाट सूर्य थापा र सरिता भुसाल,माओवादीबाट लेखनाथ दाहाल,राप्रपाबाट ध्रुवबहादुर प्रधान र रास्वपाबाट शिशिर खनाल सदस्य रहनेछन्।
सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने पनि बजेटमा उल्लेख गरेको छ।
