शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन,कक्षा ६ देखि नै छात्रवृत्ति,छात्रवृत्तिका लागि ६० करोड

काठमाडौ। सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको बताएका हुन् ।यस्तै सरकारले छात्रवृत्तिका लागि ६० करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन गरेको बताएका हुन् ।

अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ।हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो।यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको हो।