गृहमन्त्री लामिछानेविरुद्ध परेको रिट स्थगित

काठमाडौं । सर्वाेच्च अदालतले गृहमन्त्री रवि लामिछाने विरुद्धको रिट स्थगित गरेको छ ।

निवेदक अधिवक्ता अनुपम भट्टराईले सो रिट स्थगित गराउन निवेदन दिएपछि बुधबार सर्वोच्‍च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिट स्थगित भएको हो।

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गर्दै पोखरेलले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरीरजाहेरी नरहेको पत्र दिएको थियो।

पत्रमा कार्यालयले रूपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरूद्ध उजुरीरजाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो।