आफ्ना सदस्यलाई महासंघको सदस्यमा अद्यावधिक गर्न तीन पत्रकार संगठनको माग

काठमाडौं । पत्रकारितामा क्रियाशील रहेर पनि नेपाल पत्रकार महासंघले नाम छुटाएका पत्रकारलाई यथाशीघ्र अद्यावधिक गर्न तीन पत्रकार संगठनले माग गरेका छन् ।

पत्रकार महासंघको निर्वाचन नजिकिँदै गर्दा आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै समावेशीता र पहिचानको मुद्दालाई उठाइरहेका संगठनहरु नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), मधेशी पत्रकार समाज नेपाल र राष्ट्रिय दलित पत्रकार संंघ नेपालले आफ्ना सदस्यहरुलाई यथाशीघ्र अद्यावधिक गर्न माग गरका हुन् । आफ्नो संगठनमा आवद्ध रहेका पत्रकारलाई महासंघको जिल्ला शाखाले सिफारिस नगर्ने, कतिपय जिल्लाबाट सिफारिस हुँदा समेत केन्द्रले सूचीबाट नाम हटाएको उनीहरुको गुनासो छ ।

आफ्नो माग २४ घण्टाभित्र पुरा नभए कडा संघर्षमा जाने उनीहरुले चेतावनी दिएका छन् ।