एजेन्सी । भारतको ओडिशा राज्यमा अत्यधिक गर्मीका कारण ७२ घन्टामा ९९ जनाले ज्यान गुमाएका छन् ।
ओडिशाको विशेष राहत आयोगका अनुसार ओडिशामा अधिकांश मानिसको मृत्यु ‘लु’का कारण भएको छ । पछिल्लो केही दिनदेखि ओडिसाको तापक्रा ४२ डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको छ।
भारतको बिहारमा पनि लुका कारण गत साता मात्रै २० जनाको भएको थियो। ओडिशामा हालसम्म गर्मीका कारण १४१ जनाको मृत्यु भइसकेको पनि आयोगले जनाएको छ।
यसवर्ष भारतमा अत्यधिक तापक्रम मापन गरिएको छ। भारतको बिहार, झारखण्ड, दिल्ली, ओडिशा, उत्तर प्रदेश र राजस्थान लगायतका स्थानमा ४० देखि ४८ डिग्री तापक्रम मापन गरिएको हो।
मौसम विभागले भने आगामी केही दिनपछि वर्षाको सम्भावना रहेकाले गर्मीबाट राहत हुने बताएको छ। तर, गर्मीको चपेटाबाट जोगिन भने विभागले आग्रह गरेको छ।
