सेयर बजार ६.२२ अंकले बढ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२२ अंकले बढेको छ । ०.२९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । सोमबार ३.९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार ६.२२ अंकले बढेको हो ।
मंगलबार १२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ११४ वटा कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर छ । परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको ८३ लाख ५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भयो ।