
काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक ९० ४३ प्रतिशतले गिरावट भएर २११२.२९ को बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम बढेको छ । साताभर नयाँ सूचीकृत भएर लकइन नखुलेको हाइड्रोपावर र अन्य कम्पनी तथा सेयर सप्लाई न्यून भएको कम्पनीमा कनरिङ गर्दै मूल्य बढाएका लगानीकर्ताले नाफा बुक गर्दा बिहीबार कारोबार रकम बढेर करिब साढे ६ अर्ब पुगेको हो ।
