काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा नेपाली कानुन अनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जाल चलाउँदा आपत्ति नहुने बताएकी छन् ।
बिहीबार विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिनेगरी टिकटकमा सामग्री उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानुनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन्।
बैठकमा मन्त्री शर्माले सरकारले नेपालमा टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले टिकटक चलाउन नदिइएको जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जाल समाज अनुकुल हुनेगरी प्रयोग गर्नु आवश्यक रहेको बताइन्।
सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा व्यापक छलफल हुने उनको भनाई छ ।
