६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैंयामा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सयमा कारोबार भएको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैंयामा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।