काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका तीनै जना उम्मेवार अन्तर्वार्तामा अनुपस्थित भएका छन् । उनीहरु अनुपस्थित भएपछि अध्यक्ष नियुक्ति प्रक्रिया अन्योल सिर्जना भएको छ ।
आइतबार अन्तरवार्ता तथा व्यावसायिक कार्यपत्र प्रस्तुतिका लागि बोलाइएका पाँच जना उम्मेदवारमध्ये तीन जना अनुपस्थित भएका थिए । बोर्ड गत पुसदेखि नेतृत्वविहीन अवस्थामा छ ।
अध्यक्ष रमेशकुमार हमाल आफ्नो कार्यकाल पुरा गर्दै गत पुस २१ गते बोर्डबाट बाहिरिएका थिए । त्यसयता पाँच महिनाभन्दा बढी समय नेतृत्वविहीन बन्न पुगेको धितो पत्र बोर्डको कामकारबाही प्रवाहित बन्दै आएको छ ।
