
काठमाडौं । काठमाडौँको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नागरिकता उनको साथमा भेटिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
उनलेले तस्करीको सुनको रकम डिजिटल मुद्रा (युएसडिटी) मार्फत हङकङमा पठाउने गरेको पाइएको छ । सीआईबीले उनको घरबाट ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको छ ।
