संघीय संसदमा मृत भेटिएका प्रहरी जवानले आत्महत्या गरेको पुष्टि

काठमाडौं । बुधबार बिहान संघीय संसदको शौचालयमा गोली लागेर मृत भेटिएका प्रहरी जवानले आत्महत्या गरेको पुष्टि भएको छ । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले प्रेमिकासँगको विवादका कारण गोली हानेर आत्महत्या गरेको खुलेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर गालेले आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या गरेको देखाएको छ ।

प्रहरीका अनुसार उनले बिहान ८ बजेर २ मिनेट जाँदा गोली हानेका थिए । गोलेको ड्युटी बिहान ६ बजेदेखि १० बजेसम्म राखिएको थियो ।

गोलेले प्रेमिकालाई आफ्नै खर्चमा दुबई पठाएको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरीको कार्यदलबाट बानेश्वर संसद् भवनमा खटिएका गोलेले बुधबार बिहान ड्युटीमै खटिएका बेला शौचालयमा पुगेर राइफलले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए ।