
काठमाडौं । लगातार घटिरहेको नेप्से परिसूचक बुधबार दुई अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज नेप्से २.२७ अंकले बढेर २०७८।७६ विन्दुमा बन्द भएको छ।
मंगलबारका तुलनामा भने आज कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो। मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएको छ।
आज ३०८ वटा धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
