तारकेश्वर नगरपालिकामा शुक्रबार सेवा प्रवाह बन्द हुने

काठमाडौं । तारकेश्वर नगरपालिकामा शुक्रबार सेवा प्रवाह बन्द हुने भएको छ ।

नगरपालकाले एक सूचना जारी गरेर शुक्रबार नगरपालिकाको १५ औँ नगरसभा संचालन हुने भएकाले नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण स्वास्थ्य संस्था र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु सूचारु गर्न नसकिने जनाएको छ ।