
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको वार्षिक कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ ।
बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो ।
