
काठमाडौं । टी(२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको अस्ट्रेलिया १९।२ ओभरमा सबै विकेट गुमाएर मात्रै १२७ रनमा समेटियो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । अफगानिस्तानलाई दबाबमा राख्दै म्याक्सवेलले टिमलाई सहजतातर्फ धकेल्ने प्रयास गरे पनि उनीपछिका ब्याटर खासै चलेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रनको योगदान बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका गुलबदिन नाबीले एक्लैले ४ विकेट लिए भने नवी उल हकले ३ विकेट झारे । यसक्रममा मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले समान एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि गुर्बाज र जद्रानले अर्धशतक बनाए । उनीहरूले क्रमशः ६० र ५१ रन जोडे । करिम जन्नतले १३ रनको योगफल बनाउँदा मोहम्मद नाबीले १० रनको योगदान गरे ।
