काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेको छ । पौने ३ करोडको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(५ का ३० वर्षीय किपेश महर्जन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका महर्जनलाईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
